Friday, July 10, 2020

केपीले राजीनामा दिनु हुँदैन ।

JULY 4, 2020
पछिल्लो समय केपी ओलीले राष्ट्र र राष्ट्रियताका पक्षमा राम्रा काम गर्दै गइरहेका छन्, जुन प्रशंसनीय छ । जहाँसम्म राजीनामाको कुरो छ, यो स्थितिमा राजीनामा दिनु ठीक छैन । र, राजीनामा दिएर हुनेवाला प्रधानमन्त्री भनेको पुकदा, माकुने--तिनको पृष्ठभूमि कस्तो छ--विगतलाई हेर्नुपर्‍यो । कताबाट सञ्चालित छन्, कसका लागि प्रधानमन्त्री हुने, केका लागि प्रधानमन्त्री हुने ? पुकदा र माकुनेलाई प्रधानमन्त्री बनाउनु भनेको मुलुकमा पूरै इण्डियन हस्तक्षेप हुनु हो, इण्डिया-करण हुनु हो । त्यसैले यसमा घोर आपत्ति छ । अहिलेको स्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुपर्छ ।
काम गर्दागर्दै पनि केही मिस्टेकहरू हुन्छन् । एउटा मिस्टेक हुँदा त्यसलाई लिएर नानाथरी गाली बेइज्जती गर्ने अधिकार छ भने उनले पनि बोल्न पाउँछन् । राजीनामा मागिएको छ- कारण के त ? नक्सा निकाल्दैमा 'गल्ती भएर' राजीनामा दिनुपर्ने हो कि ? नागरिकता विधेयक ल्यायो भनेर राजीनामा दिने हो कि ? इण्डियासँग झुकेन, विदेशीहरू र कुनै पनि राष्ट्रसँग झुकेन भनेर राजीनामा दिने हो कि ? त्यसैले राजीनामा दिनुको पनि अर्थ हुनुपर्‍यो । र हामी जनताले बुझ्नुपर्‍यो कि अब को मान्छे कसरी, केको लागि आउँदो रहेछ र, कहाँ पुग्नको लागि रहेछ भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ । कुर्सीका लागि मर्नेहरूले, टीको लगाइदिएको कुनै पनि एउटा अध्यक्षले जनताबाट निर्वाचित अध्यक्षलाई राजीनामा दे भन्न मिल्छ कि मिल्दैन ?  पुकदा बरू यति सक्षम व्यक्ति हुन् भने पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिएर सडकतिर, जनतातिर जाऊन्; निर्वाचित भएर आऊन्, देश चलाऊन् ।
कोरोना टेस्टिङ किट खरीदसम्बन्धी खोजीनीति गरेर भ्रष्टाचार भएको रहेछ भने कहाँनेर लुटेको छ, त्यो निकालेर औषधि-उपचारको सामान किनेर क-कसले के-के कार्य गर्न सक्ने हो त्यो गर्नुपर्छ । केपी ओलीले राजीनामा दिनेचाहिँ होइन । पुकदाले इण्डियासँग "सुरुङ्-युद्ध" गरेको पनि देखेको हो हामीले । त्यसैले अहिले केपीले राजीनामा दिने कुनै हालतमा पनि होइन ।

July 7, 2020
आफ्नै पार्टीको व्यक्ति प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्री फेर्न खोज्ने - यस्ता व्यक्तिहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिदिनुपर्दछ । देशमा अस्थिरता पैदा गर्ने व्यक्तिहरू हुन् यिनीहरू ।

No comments: