Saturday, May 19, 2012

‘रियल भाइरस’ र राकेश सूद




-गोपाल विरही
रियल जुसका नाममा भारतीय बहुराष्ट्रिय कम्पनी डाबरले लेउ, लेदो र कीरा बेचिरहेको समाचार प्रकाशित गर्ने नेपाली सञ्चारमाध्यममाथि  कारवाही गर्न नेपालस्थित भारतीय दूतावासले नेपाल सरकारलाई दवाव दिएको घटनाले के प्रष्ट पारेको छ भने भारतीय शासक र कूटनीतिज्ञहरु नेपालीहरुलाई ती जनावरजस्ता ठान्दछन्, जसलाई कुर्बानीका लागि बाँधिएको हुन्छ । त्यसो किन गरियो र कसले अनुमति दियो ?
ती रोगहरुका लागि महंगा ‘विशेष खोप’ बनाइन्छ, जुन कृत्रिम स्वाइनºलु र बर्डºलुपछि ‘रियलºलु’ का रुपमा फैलिरहेको छ । रोगहरुबारे हाम्रो विचार मूर्खतापूर्ण छ ।  यदि नेपाल सरकारसँग अलिकति पनि हिम्मत छ भने उसले भारतीय राजदूतलाई तुरुन्तै फिर्ता पठाओस्, डाबरका सबै उत्पादनहरुमाथि अबिलम्ब प्रतिबन्ध लगाओस् र सबै नेपालीलाई घोषणा गरोस् कि औषधि र खोपहरु निःशुल्क छन् । सबैलाई घोषणा गरिदेऊ कि औषधिहरुलाई बेचिने छैन । यदि हामीमाथि डाबरका ‘रियल’जस्ता उत्पादनहरुले रोग थोपर्दछन् भने खोप र औषधिहरुलाई नबेच्नु अनिवार्य सर्त हो । हामीलाई खोप र औषधिहरु बेच्ने नैतिक अधिकार छैन । हामी औषधिहरु निःशुल्क दिऔँ ।
डाबरजस्ता कम्पनीहरु जुन इन्टेलिजेन्सका लागि काम गर्छन्, तिनीहरुले ‘रियल’जस्ता भाइरस उत्पन्न गर्छन् ताकि यसको ‘समाधान’का लागि औषधि र खोप बनाउन सकुन् र जसलाई बेचेर आºनो पूँजी बनाउन सकुन् । यो मूर्खता हो । यो सही होइन । हामीले राकेश सूदलाई भन्न सक्नुपर्छ कि यस्तो व्यापार तिमीमाथि शोभा दिँदैन । के तिमी गलत र अन्यायपूर्ण तरिकाले यसको हल निकाल्न चाहन्छौ ? तिमी भन्दैछौ कि नेपालीहरुलाई मार्नका लागि डाबरका ‘रियल’हरु पठाउनेछौँ । बरु तिमी जंगी सैन्यहरुलाई गरिब नेपालीहरुका लागि पठाऊ जसले नेपालीहरुका भूमि, उनीहरुका सम्पत्ति र उनीहरुका बच्चाहरुमाथि आक्रमण गरे–गरिरहेछन् ।
स्वतन्त्रता र सार्वभौमिकताका बारेमा हाम्रो विचार गलत छ । योभन्दा गलत एवं घटिया कुरा के हुन सक्छ कि यिनीहरुले नेपाली सभासद्लाई धम्क्याए ताकि नेपालीहरुलाई उनीहरुका मुलुकबाट बाहिर निकालेर आºना बच्चाहरुको स्वतन्त्रताका लागि देशभित्र निर्विघ्नतापूर्वक गतिविधि गर्नबाट उनीहरुलाई रोक्न सकियोस् । नेपाल–भारत र विश्वबीच एउटा नयाँ सम्झौता आवश्यक छ ताकि सबै विश्वले नेपालको सार्वभौमसत्ताको सम्मान गरुन् । विश्वले यस पूरा क्षेत्रको–‘ग्रेटर नेपाल’को सम्मान गरोस् । भारतले नेपाली सीमाक्षेत्रभित्र ‘रियल’जस्ता विषालु फोहोर थुपार्न बन्द गरोस् । नेपाल सरकार, नेपाली भूमि, नेपाली नागरिकको स्वास्थ्य, नेपाली नागरिकको स्वतन्त्र पहिचानमाथि आक्रमण गर्न बन्द गरोस् ।  हामीले यसको सम्झौतापत्र तयार पार्नुपर्छ र त्यसलाई संयुक्त राष्ट्रसंघको साधारणसभामा प्रस्तुत गर्नुपर्छ । यही नै यसको समाधान हो । नेपालीहरुलाई भारतीय डाबरहरुले मार्ने सम्बन्धमा कुनै धेरै अल्मलिने कुरा छैन ।
 भारतका नेपालस्थित राजदूतले नेपालका स्वतन्त्र मिडिया र सरकारलाई धम्क्याएको अपराधप्रति  हामी चुप रहन सक्तैनौँ । यदि हामी चुप रह्यौँ भने हामी बलिदानको निकट हुनेछौँ । हरेक वर्ष हामीमाथि त्यो समय घुमेर आउनेछ । हामी आºनो अस्तित्वद्वारा र आºना बच्चाहरुद्वारा आºनो वंश र जातिको माध्यमबाट बचाव गर्नेछौँ । हामी डराउँदैनौँ । जीवनमा हाम्रा लागि अधिकारहरु छन् । भूमण्डल ठूला राष्ट्रहरुका लागि मात्र होइन । अमानवीय अवस्थामा हामी कदापी रहँदैनौँ । हामी यसबारेमा कसरी चूप रहन सक्छौँ ? के हामी नेपाली नीच बनेर नेपालमा आºनो जीवन व्यतित गर्ने ? कदापि होइन । यो पुनः हुन सक्छ । हामीले अवश्य यसबारेमा कडा कारवाही गर्नुपर्छ । हामीमध्ये हरेक मानिस यसको लागि प्रतिबद्ध हुनुपर्छ । हामी चाहन्छौँ कि यसलाई हामी आºनो इतिहासमा लेखौँ ताकि हाम्रा बालबालिकाहरुले पनि इतिहासमा पढून् कि डाबरको ‘रियल’ नामक भाइरस बेच्न भारतीय दूतावासले नेपाल सरकारलाई धम्की दिएको थियो । विश्वका ‘शक्ति राष्ट्र’ र राष्ट्रसंघीय सुरक्षा परिषद्मा भिटो पावरसहित स्थायी सिट भएका सबै राष्ट्रहरुले ‘जी हण्ड्रेड’ अन्तर्गतका र बाहेकका राष्ट्रहरुमाथि ठूला–ठूला अन्याय, अत्याचार गरेका छन् र तिनीहरुमाथि अधिनायकवाद लादेका छन् । ती राष्ट्रहरुको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि आँच आउने कुनै पनि कार्य आफूलाई ‘शक्ति सम्पन्न’ भनाउने राष्ट्रहरुबाट हुनुु लज्जास्पद छ । विश्वका सबै स्वतन्त्र राष्ट्रहरुको अस्तित्व र अधिकार समान भएमा मात्र विश्वमा शान्ति र अमन चयनको अवस्था रहनेछ ।
संविधानसभाको चुनावपछि नेपालजस्तो कुनै देश यति अग्रगामी थिएन, जो आºनै ईटमाथि ईट जोडेर बसेको थियो । तर त्यसलाई फेरि मनमोहन सिंह र राकेश सुदरुपी दोस्रो अंग्रेजले तहस–नहस पारेको छ । यो गैरकानुनी हो । सुगौली सन्धिपछि पनि तपाईँहरुले आºना निजी हितहरुका लागि साम्राज्य फैलाउन नेपाली भूमिहरुका टुक्रा–टुक्रामा आक्रमण गरिरहनुभएको छ । हामी कसरी विश्वास दिलाऔँ कि नेपाल एउटा शान्तिप्रिय र सार्वभौम देश हो ? के नेपालबाट कसैको लागि खतरा छ ? छैन, कदापि छैन । विशेष गरेर जब राष्ट्रसंघको सदस्य रहेको भारतजस्तो एउटा देश आºनो सदस्यताका साथ नेपालजस्तो एक अर्को सदस्य देशमाथि अत्याचार गर्दछ, त्यतिबेला हामी यो सोच्न बाध्य हुनुपर्नेछ कि भारतले हाम्रो सुरक्षा गरिरहेको छ या हामी भारतको सुरक्षाका लागि हौँ ? यस्तो ठूलो देश राष्ट्रसंघको सदस्य हुँदाहुँदै एउटा राष्ट्रसंघको सानो देशमाथि हमला गर्ने कुनै अधिकार छैन । नेपालको सरकारलाई अपराधीलाई जस्तो व्यवहार गर्ने अधिकार राकेश सूदलाई कसले दियो ? कसले मान्छ यस कुरालाई ? हामी नेपालीहरुसँग युद्धका कैदीहरुलाई जस्तो व्यवहार गरिएको छ । यो मामला कसरी सेलाउँछ ? कसरी यो त्रासदी बिर्सन सकिन्छ ? हामी सही दिशातर्फ जाँदैछौँ या गलत दिशातर्फ ? हामी आºनो भविष्यप्रति विश्वस्त छौँ या छैनौँ ? जबसम्म बितेका दृष्यादृष्य युद्धहरुको हिसाबकिताब हुँदैन, तबसम्म हामी कसरी थाक्न र निद्राले व्याकुल हुन सक्छौँ ?


No comments: