Saturday, May 19, 2012

भारत, ‘लोकतन्त्र’ र नेपाल





-गोपाल विरही 
नेपालस्थित भारतीय दुतावासका काउन्सिलर सुब्रत दासले नेपालका सभासद् रामकुमार शर्मालाई गालीगलौज गर्दै अपहरण गर्ने र ज्यानमार्ने धम्की दिएको घटनाले हामी उपनिवेशका रुपमा छौँ, अरुको कब्जामा छौँ  भन्ने प्रष्ट भएको छ ।  यदि अब हामी स्वतन्त्र हुन खोज्दै छौँ, एकजुट छौँ र एकत्रित भएका हौँ भने हामी लोकतान्त्रिक ढंगले हाम्रो भविष्यको बारेमा निर्णय लिऔँ, यस्तो निर्णय जुन सबै मानिसहरुको लागि शान्तिपूर्ण होस् जसले सबै साना र ठूला देशहरु एक समान रहून् । आतंक ‘अलकायदा’को मात्र आतंक होइन, आजको वर्तमान स्थिति नै आतंकको स्थिति हो । हाम्रो लागि अब यो सम्भव छैन कि हामी ती विदेशीको नियन्त्रणमा रहौँ जो आफ्नो लागि हरेक चिजलाई सम्भव मान्दछन् । हामीले तिनीहरुका लागि यो हक दिएका छैनौँ तर हामी देखेर पनि नदेखेको जस्तो गर्छौँ । राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थापनापछि पनि ६५ वटा युद्धहरु भएका छन् । सबै तेस्रो श्रेणीका मानिसहरुका विरुद्ध भएको छ, साना देशहरुका विरुद्ध भएका छन् र उनीहरुका बीच युद्ध भएका छन् ।
कालो बजारी, आर्थिक समस्या, खाद्यान्न अभाव, भोकमरी, अराजकता, गैरनागरिक घुसपैठ,  शरणार्थी, सरुवा रोगहरु, परमाणु हतियार आदि आजका ठूलो चुनौतीहरु हुन् यसबाहेक आज स्वाइनफ्लूजस्ता सरुवा रोगलाई जंगी हतियारका रुपमा प्रयोग गरिएको छ । यसैगरी परमाणु हतियारद्वारा डराउने, धम्काउने र त्रास फैलाउने, भेदभाव र नैतिक पतनजस्ता क्रियाकलापहरुले हामी सबैका लागि शत्रुको रुप धारण गरेका छन् । भाइरस बनाएर पूरै संसारमा फैलाइन्छ ताकि बहुराष्ट्रिय कम्पनीहरु औषधि बेचेर पूँजी प्राप्त गर्न सकुन् । यस समय हामी संसार, भू–मण्डल एवं मानवीयताको बारेमा कुरा गरिरहेका छौँ । मानवीयताको बारेमा निरर्थक, मूर्खतापूर्ण, बनावटी र गोप्य कुराहरु गर्न सकिँदैन किनकि उपेक्षा, तिरस्कार, बनावटीपन एवं आशंकाले नै संयुक्त राष्ट्रसंघको स्थापनापछि पनि ६५ वटा युद्धहरुको जन्म भयो । न्यायका साथ सदस्य राष्ट्रहरुका बीच लोकतन्त्रको स्थापनार्थ सुरक्षा परिषद्को शक्ति साधारण महासभालाई दिइनुपर्ने आवाज उठिरहेको छ ।
अफ्रिकी, युरोपियन युनियन, एशिया, दक्षिण अमेरिका आदिले छुट्टा–छुट्टै सुरक्षा समितिहरु बनाएको कुराले यो कुरातर्फ ध्यान केन्द्रित गर्छन् कि हामी सुरक्षित छैनौँ । साना राष्ट्रहरु भन्दैछन् कि उनीहरु राष्ट्रसंघीय सुरक्षा परिषद्को आदेश पालन गर्नेछैनन् किनकि यसको आधार नै गैरप्रजातान्त्रिक छ । यो वास्तवमा अधिनायकवादी र तानाशाही आधार हो ।
अन्तर्राष्ट्रिय न्यायालय त्यही फैसलाका लागि हो, जसको हरेक निर्णय पछाडि परेका मानिसहरु र तेस्रो वर्गका मानिसहरुमाथि लागू हुन्छ । ठूला देशवालाहरु त्यसलाई इन्कार गर्दछन् । परमाणु शक्ति एजेन्सी संयुक्त राष्ट्रसंघको एउटा महŒवपूर्ण संस्था हो जसले गर्दा ठूला देशहरु झुक्दैनन् । यसबाट यो थाहा हुन्छ कि त्यो केवल हामीमाथि मात्र थोपरिएको छ । अफ्रिकीहरु किन युरोपतिर भागिरहेका छन् ? एशियाका मानिसहरु युरोप किन जान्छन् ? दक्षिण अमेरिकीहरु किन युरोपको भ्रमण गर्छन् ? किनकि युरोपले अफ्रिका, एसिया, दक्षिण अमेरिका सबैमाथि कब्जा गर्यो र तिनीहरुको सुन, चाँदी, हिराजवाहरात, फलाम, अल्मोनियम र बहुमूल्य धनसम्पत्तिहरु लुट्यो, पेट्रोल, फल र हरियालीलाई लुट्यो, जनावरहरु र मानिसहरुलाई लुट्यो । भारतले नेपाललाई ठीक त्यसैगरी लुटिरहेको छ तर खुला सीमानाबाट नेपालीहरु लखेटिएका छन् । त्यसैले ब्रिटिस सामाज्यताकाको नेपाल–भारत सम्बन्धको हिसाब गरियोस् र तिनीहरुलाई क्षतिपूर्ति दिइयोस् जसले कब्जाको कारणले हानी उठाएका थिए । समय फेरिएको छ । एकदिन यस्तो थियो कि काला जाति त्यस चिया पसलमा छिर्न पाउँदैनथे जसमा गोराहरु बसेका हुन्थे । त्यस गाडीमा यात्रा गर्न सक्दैनथे जसमा गोराहरु यात्रा गरिरहेका हुन्थे । अब सारा अमेरिकी जनताले जोशका साथ बेमिसाल भोट ‘ओबामा’ लाई दिएका छन् जो ‘किनिया’को एक अफ्रिकी काला युवक हुन् ताकि उनी संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनून् । यो एउटा ठूलो कुरा हो । ‘ओबामा’भन्दा अघिका राष्ट्रपतिहरुले आफ्ना भाषणमा संसारलाई डर, धम्की देखाउँथे कि हामी तिमीहरुका लागि विषालु गुलाफ पठाउने छौँ जसरी सन् १९८६ मा लिबियाली बच्चाहरुको लागि पठाइयो । के हो त्यो विषालु गुलाफ ? त्यो एउटा लडाकु बम बर्षाउने बिमान हो जुन ‘थ्री वन एफ’ लडाकु विमानलाई लिएर उड्छ । यो थियो उनको कुरा जो अमेरिकाको राष्ट्रपति हुन्थ्यो । यसअघिका अमेरिकी राष्ट्रपतिहरु भन्ने गर्थे कि हामी इराक र अन्य देशमा लोकतन्त्र लाद्ने छौँ । ओबामाले भने–‘यो एउटा आन्तरिक मामिला हो । चाहे भने देशहरुले लोकतन्त्रमा विश्वास गर्छन् । हरेक देशको आफ्नै कला र संस्कृति हुन्छ ।’ के मनमोहन सिंहले ‘ओबामा’ बाट शिक्षा लिन सक्लान् ? भारतीय शासकहरु जो नेपालमाथि निरन्तर हस्तक्षेप गरिरहेका छन्, उनीहरुलाई हामीले यो भन्न सक्नुपर्छ कि नेपाल नेपालीहरुका लागि छोडिदेऊ । हामी नेपालीहरुलाई हाम्रो अवस्थामा नै छोडिदेऊ । यदि हामी आपसमा युद्ध गर्छौँ भने हामी यसमा स्वतन्त्र छौँ । के अमेरिकामा आन्तरिक युद्ध थिएन ? त्यसमा कसले प्रवेश गर्यो ? के स्पेनमा र चिनमा आन्तरिक युद्ध थिएन ? के घरेलु युद्ध पूरै देशहरुमा थिएन ? आन्तरिक युद्धलाई आफ्नो हालतमा छोडौँ । यसमा उनीहरु स्वतन्त्र छन् । कोही–कोही भारतीय विश्लेषक भन्छन् कि माओवादीहरुले नेपालमा शासन गरे भने हालत गम्भीर हुनेछ । के नेपाल र भारतका माओवादीहरुसँग महादेशहरु नष्ट गर्ने स्थायी क्षेप्यास्त्रहरु छन् ? के मुम्बईमा बम ब्लास्ट गर्ने नक्सलवादी थिए ? किन हामी यस कुरामा चूप लागेर बस्ने ? हकप्रति चूप रहने मूर्ख शैतान हो र हामी मूर्खहरुमध्ये होइनौँ । मनमोहन सिंह, राजनाथ सिंह, श्यामशरण र केभी राजनले बुझ्नुपर्छ कि ‘लोकतन्त्र’ विदेशबाट लाद्न सकिँदैन ।


No comments: