Saturday, May 19, 2012

क्यान्टोन्मेन्ट, सोमालिया, माछा र खुशियाली




-गोपाल विरही

१२ वर्ष जनयुद्ध लडेका साहसी छापामार योद्धाहरुले क्यान्टोन्मेन्ट छाडेका छन् । मचाहिँ सोमालिया सम्झिरहेको छु । समुद्री डकैती प्रसिद्ध छ । सम्भवतः यो सारा समुद्रमा फैलिएको छ । अब म सोमालियाको समुद्री डकैतीको बारेमा कुरा गर्न जाँदैछु । म तपाईँहरुलाई भन्छु कि सोमालियनहरु समुद्री डाँकु होइनन् । समुद्री डाँकु त ती हुन् जसले माछामाथि, उनीहरुका बच्चाहरुको खाना र पानीमाथि, उनीहरुको आर्थिक उपार्जनमाथि, उनीहरुका पानीका अड्डाहरुमाथि आक्रमण गरे ।
तिमीहरुको हरेक जहाज लिबियाबाट भारतसम्म, जापानबाट अमेरिकासम्म विश्वको कुनै पनि देश होस्, तिमीहरु सबै समुद्री डाँकु हौ । तिमीहरु नै हौ, जसले सोमालियाका पानी अड्डाहरुमाथि आक्रमण गर्यौ । सोमालियाको आर्थिक अवस्था ठीक भएपछि तिमीहरु त्यसलाई खोस्न आएका हौ ।
सोमालियन माछाको उत्पादनका विषयमा तिमीहरु तिनलाई ‘संंरक्षण’ गरिरहेका छौ, जुन उनीहरुको र उनीहरुका बच्चाको भोजन हो । तपाईँ समुद्री डकैत र त्यसबाट सुरक्षित रहने प्रयास गर्नुहोस् । यी मानिसहरु समुद्री ‘डाँकु’ होइनन् । यी आफ्ना बच्चाहरुको भोजनका लागि वचाउ गरिरहेका छन् ।
के तपाईँ चाहनुहुन्छ कि गलत तरिकाले त्यसको हल निकालौँ ? भनियो कि सोमालियनहरुलाई मार्नको लागि युद्धपोतहरु पठाउनेछौँ । होइन, तिमी जङ्गी बेडाहरुलाई समुद्री डाँकुहरुका लागि पठाऊ, जसले सोमालियनहरुको सम्पत्तिमाथि, उनीहरुका बच्चाहरुमाथि आक्रमण गरे । यदि तिमीले सिकारी जहाजहरुलाई पायौ भने त्यसमाथि आक्रमण गरिदेऊ ।
खैर, कुरा छाडौँ, एकजना थिए, जसले समुद्री डाँकुहरुसँग भेटे । उनले उनीहरुसँग भने कि म तिमीहरु र विश्वबीच एउटा सम्झौता गराउँछु । सबै विश्वले सोमालियाली आर्थिक क्षेत्रको सम्मान गरुन्, जसको फैलावट समुद्री नियमानुसार दुई सय नटिकल मील हुनेछ र यस क्षेत्रको समुद्री सम्पत्ति नै सोमालियनहरुको सम्पत्ति हो । विश्वले यस पूरा क्षेत्रको सम्मान गरोस् । यो पहिलो कुरा हो । दोस्रो कुरा यो हो कि हरेक देशले सोमालियाली किनाराको आर्थिक क्षेत्रभित्र विषालु फोहोर थुपार्न बन्द गरुन् । सोमाली पानीजहाजमाथि आक्रमण बन्द गरुन् । हामी यसको सम्झौतापत्र तयार पार्छौँ र त्यसलाई संयुक्त राष्ट्र संघको साधारण सभामा प्रस्तुत गर्छौँ । यही नै यसको समाधान हो । सोमालियनहरुलाई जहाजी बेडाहरुले मार्ने सम्बन्धमा कुनै धेरै कुरा छैन । अनि तिनीहरुले मुअम्मर अल गद्दाफीलाई मारे ।
योभन्दा गलत एवम् घटिया कुरा यो हो कि यिनीहरुले युद्धपोत तयार गरे र  सोमालियनहरुलाई उनीहरुका बन्दरगाहहरुबाट बाहिर निकालेर आफ्ना बच्चाहरुका लागि माछाहरुको सिकार गर्नबाट रोके । समुद्री डकैतको बारेमा हाम्रो विचार गलत छ, र आतंकको बारेमा हाम्रो विचार गलत छ । भविष्यमा तिमीहरु समक्ष यो रोग बनेर फिस फ्लुको रुपमा फैलिनेछ । हामी यस्तो किसिमको घटनाप्रति कसरी चुप लागेर बसौँ कि प्रत्येक दिन हाम्रो निकट युद्धपोत आओस् र हामी एक लक्ष्य माथि बाँकी रहौँ, हामीसम्म युद्धपोत आओस्, जसलाई चाह्यो त्यसलाई लिएर जाओस् र हामी त्यसको परवाह नगरौँ १
छापामारहरुले क्यान्टोन्मेन्ट त छाडे तर तपाईँ चुनु गुरुङको हत्याको फाइल पल्टाउनुहोस् जो विपन्न जातिबाट आएकी सरल हृदया, विराट् कालजयी स्वरकी धनी सँस्कृतिकर्मी थिइन् । योजनाबद्ध ढङ्गबाट उनको हत्या गरिएको थियो । अवश्य यस फाइललाई खोलियोस् र उहाँको हत्या गर्नेहरुको पहिचान गरियोस् र त्यसको छानविन गरियोस् । फेरि कमल भुजेलको हत्याको पहिचान गरियोस् । उनलाई क्रूरतापूर्वक मारियो । फेरि सुमित्रा घिमिरेको स्थितिलाई हेरौँ जसमा उनको बलात्कार र हत्या भयो । फेरि नारायण घिमिरेको हत्या, अवश्य हामी यस घटनाका बारेमा जान्न चाहन्छौँ कि यसलाई कसले गरायो, उसको छानविन गरियोस् । यस्तो खेल मानव जातिमाथि नखेलियोस् । यसपछि एक कारवाही, जसको नाम ‘किलो शेरा टु’ हो र यस कारवाहीमा कमल पौडेल आदिमाथि हमला भयो र हत्या गरियो । यो घटना नेपालमा भएको थियो, जहाँ उनीहरु शान्तिसँग बसेका थिए । सँस्कृतिकर्मी चुनु गुरुङको हत्या किन भयो भन्ने बारेमा तपाईँले थाहा पाउनु पर्दछ र चुनु गुरुङमाथि हमला कसरी भयो, कति युद्धपोतहरु र कति सेनाद्वारा आक्रमण गरियो भन्ने बारेमा हामीले कुरा गर्नुपर्छ । के हामी नीच बनेर आफ्नो जीवन व्यतित गर्ने ? महाअपराधी जीवित छन् परन्तु तेस्रो श्रेणीका लक्षित मानिसहरुबाहेक अरु अपराध अदालततर्फ मुख गर्दैनन् । यहाँसम्म कि शैतानले पनि यस्तो काम गर्न सक्दैन, जनयुद्धकालमा जेलका कैदीहरुमाथिको अत्याचारले सीमा नाँघ्यो । सबैलाई थाहा छ कि आभिजात्यहरु आफ्नो यस दुव्र्यवहार र आफ्नो शासन र कब्जालाई साबित गर्नको लागि हरसम्भव प्रयास गर्नेछन् तर बघेनीहरुले कुनै पनि हालतमा यसलाई छाड्ने छैनन्, जसका डमरुहरुलाई मारिएको छ । जनयुद्धकालमा जेलमा राखिएका कैदी, जो युद्धको क्रममा समातिएका थिए, उनीहरुलाई नराम्रो सजायँ दिइयो, उनीहरुमाथि ‘कुकुर’हरु छोडियो । जो जीवित छन्, उनीहरुसँग पनि राम्रो व्यवहार गरिएको छैन । युद्धकालमा हजारौँ पुरुष र महिलाहरु नेपालका जेलहरुमा कैद थिए । तपाईँलाई थाहा छ कि उनीहरुसँग कस्तो व्यवहार गरिन्थ्यो ? त्यसलाई बिर्सिन र छाड्न सम्भव छैन, छानबिन जरुरी छ । फेरि तत्कालीन भैरवनाथ गणको छानविन हुन जरुरी छ । तिमीहरुले नेपाल आमाका ती छोराछोरीहरुसँग किन दुश्मनी गर्यौ ? यो मामला कसरी सेलाउँछ ? त्यो त्रासदी कसरी बिर्सन सकिन्छ ? हामीले निर्णय गर्नैपर्छ कि राज्य मौजुद छ या छैन । राष्ट्रले त्यस सम्बन्धमा केही सहायता गर्न सक्छ कि सक्दैन ? के हामी सही दिशातर्फ जाँदैछौँ या गलत दिशातर्फ ? के हामी आफ्नो भविष्यप्रति विश्वस्त छौँ या छैनौँ ? हालको नेपाली मिडिया केही पनि होइन । जागिरवादी बचाउको जस्तै मिडियामा एकाधिकारवाद छ । मिडिया के हो ? हामी कहाँ छौँ ? मिडिया कहीँ पनि छैन ।

अब एकैचोटि हामी जाऔँ केनेडीको हत्याको बारेमा जुन सन् १९६३ मा भयो र जसले के–के हुनसक्छ भन्ने बिम्ब प्रस्तुत गर्दछ । कसले किन गर्यो उनको हत्या ? कोही भन्छन् जोन.एफ. केनेडीको हत्या ली हार्भेले गर्यो र लि हार्भेको हत्या जकारुबीले गर्यो, जो एक इजरायली थियो । यस इजरायलीले केनेडीको हत्याराको हत्या किन गर्यो ? तपाईँ मार्टिन लुथर किंगको हत्याको फाइल पल्टाउनुहोस् जो काला जातिबाट आएका मानवअधिकारवादी शान्तिका पिता थिए । ग्रेनेडाका प्रमुख मोरिस विशोपको हत्या किन भयो भन्नेबारेमा तपाईँले थाहा पाउनु पर्दछ र ग्रेनेडामाथि हमला कसरी भयो, कति युद्धपोतहरु र कति सेनाहरुद्वारा आक्रमण गरियो भन्नेबारेमा हामीले कुरा गर्नु पर्दछ । भनिन्छ कि ग्रेनेडामाथि ७ हजार सैनिकहरु र १५ युद्धपोतहरु, १० वटा लडाकु विमानहरुद्वारा आक्रमण भयो । त्यस युद्धमा राष्ट्रपति विशोप मारिए, जो संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रका राष्ट्रपति थिए । यसपछि शबरा र शातिलाका दुष्ट हत्याराका बारेमा कुरा गरौँ । यो क्षेत्र व्यस्त इजरायली सेनाको सुरक्षामा थियो, त्यसमा मानवहरुको, स्त्रीहरुको, फिलिस्तिनी बच्चाहरुको हत्या भयो, जसमा ३ हजार फिलिस्तिनीहरुको हत्या भएको थियो । यस पछि सन् २००८ मा गज्जाको बलिदान गरियो । त्यस समयमा १ हजार स्त्रीहरुको हत्या र कैयन्लाई घाइते बनाइयो र २ हजार २ सय बच्चाहरुको अर्थात् करिब ३ हजार २ सय स्त्रीहरु र बच्चाहरुको हत्या गरियो । यसपछि भर्खरै मुअम्मर अल गद्दाफीको हत्या गरियो । तपाईँहरुले लिबियामा देख्नुभयो कि उनीहरुका साथ के भयो ? तपाईँहरुले इराकमा र अफगानिस्तानमा देख्नुभयो कि उनीहरुका साथ के भयो ? जबकि इराक एउटा मरुस्थल र खुला भूमि हो भने अफगानिस्तान र लिबियाका बारेमा तपाईँको के विचार छ ? यो पहाड कयामतसम्म यस्तै रहिरहन्छ । यसलाई कसैले नष्ट गर्न सक्दैन । तपाईँहरुले नेपालमा देख्नुभयो कि नेपालीहरुका साथ के भयो ? यो यस्तो हो जस्तो पहाडमा सिङ्ग हान्नु । ठीक यस्तै उखान मानिसहरु भन्दछन् । क्यान्टोन्मेन्ट छाडेका छापामारहरुले भनेका छन् कि हामी लुटिएका खुशियालीलाई फिर्ता लिन जानेछौँ । कसले तिनीहरुको लुटिएको खुसियालीलाई फिर्ता गर्छ ? एउटा प्रस्ताव पारित गर ताकि त्यसको माध्यमबाट उनीहरुको खुसियाली फिर्ता ल्याउन सकियोस् । अब कुरा तपाईँको अधिकारमा छ कि तपाईँ चाहनुहुन्छ भने उनीहरुको खुसियाली फिर्ता गरिदिनुहोस् । यो उनीहरुको अधिकार हो कि तिनीहरु लुटिएका खुशीका पछाडि दौडिऊन् ।    

 

No comments: