Saturday, May 19, 2012

‘नेपाल वान्’ प्रकरणको सन्देश




-गोपाल विरही
कुनैबेला ‘तीनतिरको छिमेकी’ भारतले आºना फौजलाई नेपाल पठाई भीमदत्त पन्तको टाउको काटेर र केआई सिंहलाई गिरºतार गरेर नेपालका तत्कालीन जनविरोधी शासकहरुलाई बुझाएको थियो । काश्मिर मामलामा ‘भारतको समर्थन नगरेको’ भन्दै भारतीय जासुसहरुले पाकिस्तानी पत्रकारलाई पाकिस्तानबाट त्यहाँको सरकारलाई थाहै नदिई पक्रेर लग्ने र मार्ने गरेको पनि बताइन्छ । ‘नेपाली सीमा मिचिएको’ बारे समाचार र विश्लेषण लेख्ने नेपाली पत्रकारहरुमाथि पनि सार्क र खासगरी उसको सीमा जोडिएका क्षेत्रमा भारतले गरिरहेका देशहरुका सार्वभौमिकता र विश्वव्यापी प्रेस स्वतन्त्रताविरोधी यस्ता रवैयाले आतंक सिर्जना गरेका छन् । भारतका धर्मशालाहरुबाट भारतीय मानिसहरु ल्याएर नेपालभित्र तिब्बतविरोधी क्रियाकलाप गराउने र नेपालको भूमि प्रयोग गरी यहाँको सरकारलाई जानकारी नदिई यहाँको परराष्ट्र नीतिविरुद्ध ‘फ्रि तिब्बत’का नियोजित ‘अनुयायी’हरुलाई भेट्ने गरिएको चीनका अघि लुकेको छैन । तर अनमिन आएपछि अहिले भारतले पहिले जसरी आºना फौज नेपाल पठाउन सकिरहेको छैन । चीन ‘भिटो पावर’ सहितको सुरक्षा परिषद्को सदस्य भएकाले सोही परिषद्को निर्णयबाट आएको अनमिनलाई खेदाउने भारतीय प्रयास लुकेको छैन । आफू  ‘चीनका अघि पर्खाल बन्न सक्छु’ भनेर केही दिनपछि भारत आउन लागेका राष्ट्रपति बाराक ओबामामार्फत् ‘भिटो’ पावरवाला अमेरिकालाई रिझाएर सुरक्षा परिषद्मा जाने प्रयत्नमा पनि भारत छ । तर, दिल्लीको झ्यालबाट नेपाल चियाउने गरेको अमेरिका पनि अहिले अनमिन फिर्ता पठाउन चाहन्न ।
विवादास्पद भारतीय टेलिभिजन च्यानल ‘नेपाल वान्’ ले ‘हामीलाई सांसद् किन्न ५० करोड चाहियो’ भनेर एमाओवादीका विदेश विभागका एकजना नेता कृष्णबहादुर महराले चिनियाँसँग कुरा गरेको भनेर जुन अडियो टेप बजारमा ल्यायो, त्यसबारे चिनियाँहरुले औपचारिक, अनौपचारिक, सरकारी र गैरसरकारी कुनै क्षेत्रमा चाइँचुइँ कुरा उठाएका छैनन् । यसको अर्थ चिनियाँहरुले त्यसलाई मतलबै गरेका छैनन् भन्ने होइन । चिनियाँहरुको पक्षबाट हेर्ने हो भने नेपाल र चीनबीचको सम्बन्धलाई सही वा गलत के हो भन्ने छानबिन हुन बाँकी रहेको ‘नेपाल वान्’ प्रकरणले केही पनि असर पार्दैन । माओवादी र चीनबीचको पार्टीगत र सरकारगत सम्बन्धलाई पनि असर गर्दैन । नेपाललाई चीनको सन्दर्भले हेर्दा त्यस मुद्दाले त्यति धेरै असर पार्दैन । तर, भारतमा सार्वजनिक गरिएको त्यो टेप प्रकरण ‘नेपाल वान्’ बाट जसरी र जुन नियतले सिर्जना गरिएको भए पनि गलत समयमा गलत तरिकाले आएको छ । त्यसलाई चीनले अत्यन्तै गम्भीर रुपमा लिएको हुनुपर्छ र त्यसको परिणाम नेपाली भूमिमा नदेखिन सक्छ । प्रकरणको सुरुमा ‘यो हाम्रो होइन’ भनेर एउटा औपचारिक विज्ञप्ति आएकोबाहेक चीन अहिले चूप लागेर बसेको छ तर, त्यति सजिलै त्यो सेलाउँदैन । यसको परिणाम हामी कसैले कल्पना गरेकोभन्दा भयानक हुन सक्छ । भारत र चीनबीचको जुन ‘प्रोक्सी’ युद्ध भइरहेको छ, त्यसको एउटा ठूलो खुड्किलो यो टेप प्रकरण हो । चीनले यसलाई यति गम्भीर रुपमा लिएको हुन सक्छ र भोलि त्यसको परिणाम यति भयानक हुन सक्छ कि दक्षिण एसियालाई त्यसले लामो समयसम्म असर पार्ने गरी ठूलो धक्का हान्न सक्छ ।
चिनियाँ टोलीको भर्खरैको नेपालभ्रमणलाई औपचारिक रुपमा ‘सद्भाव र छलफलका लागि’ भनिए पनि दक्षिण एसिया क्षेत्रमा विकसित हुँदै गरेको शक्तिसमीकणको दृष्टिकोण यसमा छ । भारतले केही वर्षदेखि नेपालको आन्तरिक राजनीतिमा बढाउँदै लगेको दबाब र उसले गर्न खोजिरहेको र गरिरहेको हालिमुहालीको जवाफका रुपमा चीनले केही वर्ष यतादेखि काम गर्दै गरेको देखिएको छ । यद्यपि चीनले नेपालको आन्तरिक मामलामा औपचारिक हस्तक्षेप गरेको देखिएको छैन । सटिक भाषामा भन्दा भारत र चीनको यो क्षेत्रमा आºनो प्रभाव विस्तार गर्ने छद्म युद्धको एउटा स्वरुप र प्रक्रियामात्रै हो । अहिलेको भ्रमण त्यही छद्मयुद्धको समग्र प्रक्रियाको एउटा सानो घटनामात्रै हो ।
गएका ४ वर्षयता अर्थात् दोस्रो जनआन्दोलनको परिवर्तनपछि शक्तिभिडन्तका कारण नेपालको राजनीति अस्वाभाविक रुपमा, कसैले कल्पना पनि नगरेको हिसाबले ‘डेड लक’ मा छ । प्रधानमन्त्रीको चुनाव हुन नसकेर महिनौँसम्म नेपालको राजनीति तरलता र जटिलतामा फस्ला भनेर सुरुमा सायद कसैले सोचेको थिएन । यो अप्रत्यासित रुपमा आइलागेको नयाँ समस्या हो, यद्यपि अन्य समस्याहरु पनि छँदैछन् । यो स्थितिमा थुप्रै कुरा बीचमा भए । प्रधानमन्त्रीको निर्वाचन क्रममा नेपालको परराष्ट्र मन्त्रालयलाई थाहै नदिई भारतका प्रधानमन्त्रीका ‘विशेष दूत’ आए । यसबाट नेपालमा भारतले आºनो स्वार्थमा काम गरिरहेको र चीनले आºनो स्वार्थ जोगाउन खोजिरहेको प्रष्ट छ । नयाँ सरकार कसको बन्छ ?, त्यसले कुन नीति लिन्छ ?, शान्तिप्रक्रिया कसरी अघि बढ्छ ?, संविधान बन्छ कि बन्दैन ?, बन्यो भने कुन शैलीमा कसरी बन्छ ? जस्ता प्रश्नहरुले जतिखेर निकास पाउनेछन्, त्यसले केही कुरा निर्धारण गर्नेछ । भोलिको नेपालमा आºनो स्वार्थ पूरा गर्ने अवस्था हुन्छ कि हुँदैन वा विश्वसनीय सत्ता नेपालमा आउँछ कि आउँदैन र आºनो पक्षमा केही गर्न सकिन्छ कि सकिन्न भन्ने कुरामा चीनलाई चासो हुनु स्वाभाविक हो र यसपटक आएको टोलीले पनि त्यही गरेको हो ।
चीन चाहन्छ नेपालमा स्थायित्व र राजनीतिक गज्याङ्गुजुङ् नभएको स्थिर राजनीतिक प्रणाली । नेपालमा उसले चाहेको यस्तो प्रणाली हो जुन अनुशासित होस् र एउटा स्थिर राजनीतिक प्रणालीमा चलोस् र त्यसमा तलमाथि उथलपुथल केही नहोस् किनभने यति भएपछि उसको सीमा धेरै हदसम्म सुरक्षित हुन्छ । नेपालको भूमिमा बसेर चीनको एउटा कमजोर पक्ष अर्थात् तिब्बत, संसारका धेरै पक्षले चीनलाई तर्साउन र चीनविरुद्ध दवाब दिन तिब्बतको मामला उठाइरहन्छन्, एउटा निश्चित हदसम्म सुरक्षित रहन्छ भन्ने उसको चाहना हुन्छ । नेपाल स्थिर रह्यो भने र नेपालको राजनीतिक प्रणाली सुरक्षित रह्यो भने नेपालमा बसेर वा नेपाल भएर उसलाई दक्षिण एसियामा आºनो व्यापार विस्तार गर्न र रणनीतिक स्वार्थहरुलाई विस्तार गर्न भोलि सघाउ पुग्ने हुन्छ । मौन कूटनीति गर्ने चीनलाई थप चिढाएको भारतले त्यसको महंगो मूल्य चुकाउनुपर्ने हुनसक्छ । जे पायो त्यही गर्ने, ‘कुन बेला के भन्ने र के गर्ने ?’ भन्ने होसै नराख्ने, कूटनीतिको केही नजान्ने नेपालीहरुले आफूलाई पनि भड्खालामा हाल्न सक्छन् भनेर चिनियाँहरु सतर्क छन् । कूटनीतिमात्रै होइन, नेपालको आन्तरिक राजनीति पनि आलाकाँचा केटाकेटी खेलेजस्तो गरी जथाभावी सञ्चालन गरिएको छ । त्यसैले नेपालमा स्थायी मित्र चिनियाँहरुले भेटिरहेका छैनन् । भारतले यतिबेला नेपालमा हालिमुहाली गर्न खोजिरहेको अवस्थामा ‘अब तिम्रो हालिमुहाली नेपालमा सकियो, यसलाई महसूस गर र म पनि यहाँ छु है’ भन्ने सन्देश चीनले भारतलाई दिएको छ ।


No comments: